सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा

Published on

काठमाडौँ । परराष्ट्रमन्त्री डा।आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताउनुभएको छ । कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको प्रश्नको जवाफ दिनुहुँदै सो बताउनुभएको हो ।

उहाँले नाकामा छोटी भन्सारहरु खुलाउने विषयमा जनप्रतिनिधिहरुले महत्त्वपूर्ण विषय उठाएको जानकारी दिनुहुँदै यसका लागि पहल गर्ने बताउनुभयो । बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माणको आयोजनाबारे राखिएको जिज्ञासामा बोल्नुहुँदै मन्त्री राणाले विकास निर्माणका यस्ता योजनाका लागि ठुलो रकम आवश्यक पर्ने देखिएको र सरकारसँग बजेट थोरै रहेकाले समय लाग्ने गरेको बताउनुभयो । विश्व बैंक र एशियाली विकास बैंकका विकास आयोजनाहरु बर्दिया ल्याउन आफूले पहल गर्ने उहाँको भनाइ छ ।

त्यसअघि परराष्ट्रमन्त्री डा। राणासँग ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट र नेपाल तरुण दल केन्द्रीय सदस्य युवराज अधिकारी लगायतले बर्दिया जिल्लाका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । प्रमुखद्वय लम्साल र भाटले नेपाल भारत सिमानामा पर्ने पुरानो छोटी भन्सार बर्दियाको धनौरा नाकालाई यथाशक्य खुलाउनुपर्ने, बर्दियाको भुरीगाउँ, तेलपानी हुँदै सुर्खेत सडक निर्माण तथा सडकमा पर्ने रुख कटानलाई सहज बनाउनुपर्ने माग राख्नुभएको थियो ।

धनौरा नाका र भुरीगाउँ तेलपानी सडक खुलेमा तराईदेखि पहाड हुँदै हिमालसम्म सडक जोडिने र आर्थिक विकासमा फड्को मार्ने उहाँहरुको दाबी छ । यस्तै, मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि जङ्गल किनारमा हात्ती छेकबार पर्खाल निर्माणका लागि थप बजेट बढाउनुपर्ने, पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गमा आकाशेपुल बनाउनुपर्ने, विश्व बैंक र एसियाली विकास बैंकका विकासका योजनाहरु ठाकुरबाबा र मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका अन्य पालिकामा लागू गराउन पनि मन्त्री राणासँग आग्रह गरिएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...