बोइलरको मासुले लियो एक जनाको ज्यान, तिन जना गम्भीर अवस्थामा

Published on

काठमाडौँ । बोइलरको मासु खाएर एक जनाको ज्यान गएको छ भने त्यही घरका तिन जना गम्भीर अवस्थामा रहेका छन् ।

कमलबजार नगरपालिका–३ बयलाका निवासी १५ वर्षीय कमल विकको मृत्यु भएको छ । मृतकका हजुरआमा ७० वर्षीया नाम विक, बहिनी १४ वर्षीया सीता विक र ९ वर्षीय विकास विकको अवस्था गम्भीर रहेकाे स्थानीय प्रहरीले जनाएको छ । बिरामीहरुको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।

गाउँघर नजिक रहेको बेलखेत बजारबाट कुखुराको मासु ल्याएर साँझ पकाएर खाएपछि कमलको मृत्यु भएको र तिन जना अस्वस्थ रहेको वडाध्यक्ष नन्दसिंह कुँवरले बताउनुभयो । वडाध्यक्ष कुँवरले भन्नुभयो,‘शुक्रबार मरेको बोइलर ल्याएर खाएछन् । हामीले आज थाहा पायौँ । त्यो केटालाई बचाउँन सकिएन ।’

घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरीनायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम मङ्गलसेन ल्याइएको छ । मृतकका आमाबुवा र जेठो दाइ रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...