रौतहटको दलितबस्तीमा आगलागी : सात घर जलेर नष्ट

Published on

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो । आगलागीले स्थानीय रामनाथ पासवान, बालुलाल पासवान, रामइश्वर पासवान, नागेन्द्र पासवान, दीपेन्द्र पासवान, विजय पासवान र रामस्वर्गीय पासवानको घर जलेर खरानी भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र रायले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगलागीले घरसँगै लत्ताकपडा, गरगहना, खाद्यान्नलगायत १० लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जगरनाथको घरमा विद्युत सट् हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान छ । सुरक्षाकर्मी, स्थानीय र गौर नगरपालिकाबाट पुगेको वारुण यन्त्रको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिए पनि धनमाल भने पूर्ण क्षति भएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मुन्न यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार जाडो याममा आगलागी हुँदा दलित परिवारको बिचल्ली भएको छ । खान, बस्न र लगाउने कपडाको अभावले उनीहरुको दैनिकी कठिन बनेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...