घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय

Published on

काठमाडौँ । बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् । पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५.२ रेक्टल स्केलको भूकम्प गएको थियो । भूकम्पले घरमात्र चर्काए सिन फेरि आउन सक्ने त्रासले घर बाहिरै सुत्नेगरेको वडा –५ का अतिराम दमाइले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर नछोडौं भुकम्पको डर छ । घर छोडौ अन्य कतै बस्ने व्यवस्था छैन । ज्यान जोखिम राखेर भए पनि अहिले घरबाहिरै बास गर्नेगरेका छौं । घर भत्किएर ज्यान नै जाने होकि मनमा डर पसेको छ ।” हामीलाई खान त के बास बस्न समेत यस्तो दोधारमा हुँदा पनि सम्बन्धित निकायको ध्यान नगएको दमाईले गुनासो गर्नुभयो । गत पुस ६ गते गएको भुकम्पले जगनाथ गाउँपालिकामा झण्डै १२३ घर जोखिममा परेको जगनाथ गाउँपालिकाले जनाएको छ ।

पालिकाको समन्वयमा अहिले त्रिपाल मात्र वितरण गरेको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो । २०७९ वैशाख १५ गते गएको भुकम्पले हिमाली बुढीनन्दा गौमुल, हिमाली, बुढीगङ्गा, बडिमालिका त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भुकम्पले प्रभावित भएका स्थानीयको अस्थायी टहरा निर्माण गर्न गृह मन्त्रालयसँग रकम माग गरेको जिल्ला विपत व्यवस्थापन समिति बाजुराका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । अहिले भुकम्प पीडितहरुलाई तात्काल सुरक्षित ठाउँमा बसोबास गर्न त्रिपाल मात्र सहयोग गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...