पर्यटकलाई स्वागत गर्न पोखरिया ताल

Published on

काठमाडौँ । मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनुषाको ढल्केबरस्थित पोखरिया तालमा इस्वी संवतको नयाँ वर्ष २०२५ को अवसमा पिकनिक तथा घुम्न आउने पर्यटकको सुविधाका लागि विभिन्न तयारी गरिएको छ । पोखरिया संरक्षण समितिले पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी, विद्युतीयकरण र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यस पर्यटकीय स्थलमा धनुषा, महोत्तरी, सर्लाही, सिराहालगायत क्षेत्रका आन्तरिक पर्यटक र छिमेकी मुलुक भारतीय सीमावर्ती क्षेत्र जयनगर, मधुवनी, सीतामढीलगायत क्षेत्रबाट पर्यटक वनभोज र घुम्न आउने गरेका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न तथा सामूहिक रूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरू यहाँ आउने गरेको पोखरिया ताल संरक्षण समितिका सचिव रामबाबु कडारीले बताउनुभयो । उहाँले पर्यटकको रमाइलोका लागि यसपालि डुङ्गा, घोडा सवारी, झोलुङ्गेलगायत साधन थप गरिएको उहाँले जानकारी दिनुभयो ।

ढल्केबर चोकबाट तीन किलोमिटर उत्तरमा पर्ने पोखरिया ताल पर्दछ । हरियाली वनले घेरिएको तराईको आकर्षक पर्यटकीय गन्तव्य हो । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको यो ताल सात बिघा क्षेत्रमा फैलिएको छ । सागरको बीच भागमा उत्तेश्वर महादेवको मन्दिरले तालको महत्व अझ बढाएको छ । यसैगरी अङ्ग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । भगवानको र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा भारतीय पर्यटक आउने गरेका हुन् । धनुषा र महोत्तरीको विभिन्न नाकाबाट भारतीय पर्यटक अत्यधिक रुपमा यहाँ आउने गरेका छन् ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...