पुस २४ देखि ऐतिहासिक निसान पदयात्रा

Published on

काठमाडौँ । नेपाल एकीकरणताका पूर्वी सिमाना विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सिमाना मेची बजारबाट २४ गते वबिहान पदयात्रा सुरु गरिने पदयात्रा आयोजक समितिले जनाएको छ ।

सीमावर्ती क्षेत्र मेची बजारबाट सुरु भएको पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णे डाँडामा आउनेछ । पुस २५ गते पूूर्णे डाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजक इलाम नगरपालिकाका वडा सदस्य विमल वैद्यले जानकारी दिनुुभयो । उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाइको नामसालिङस्थित हात्तीटार आउने जनाइएको छ । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माइस्थानमा आउने वैद्यले जानकारी दिनुुभयो ।

पदयात्रामा करिब एकसय पदयात्री सहभागी हुने जनाइएको छ । इलाम नगरपालिका, सूूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रुपमा पदयात्रा आयोजना गरेका हुन् । यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र इलामको पर्यटकीय क्षेत्रमा एउटा नयाँ गन्तव्य तय गर्ने इलामका इतिहासकार युुद्धप्रसाद वैद्य बताउनुहुन्छ । त्यसबेला पूूर्वी सिमाना टिस्टानजिक नागरिगडीबाट फर्काइएको निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको इतिहास छ । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माइथानमा ल्याइएको इतिहास रहेको वैद्यको भनाइ छ । निसान पदमार्ग करिब ४२ किलोमिटर छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...