दोस्रो स्थानमा उक्लियो आर्सनल

Published on

काठमाडौँ । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–१ गोलले हरायो । आर्सनलले पुनरागमन जित निकालेको हो । आर्सनलको जितमा गाब्रियल जिससले २९औँ, मिकेल मेरिनोले ५०औँ र गाब्रियल मार्टिनेलीले ५३औँ मिनेटमा गोल गर्नुभयो । ब्रेन्टफोर्डका लागि ब्रायन एमबोउमोले १३औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । जितसँगै १९ खेलबाट ३९ अङ्क बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको हो । शीर्षस्थानमा रहेको लिभरपुलको समान खेलबाट ४५ अङ्क छ । पराजित ब्रेन्टफोर्ड २४ अङ्कसहित १२औँ स्थानमा छ । एजेन्सी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...