बालबालिकामा मुटुको समस्या

Published on

काठमाडौँ । इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ । नेपाल हर्ट फाउन्डेसन इलामको आयोजनामा सदरमुकामस्थित आदर्श मावि र उमर उच्च माविमा रहेका बालबालिको मुटुसम्बन्धी स्वास्थ्य परिक्षण गर्दा २१ जनाको मुटुमा समस्या देखिएको हो ।

तीमध्ये आठ जनाको तत्काल शल्यक्रिया गर्नुुपर्ने अवस्था रहेको चिकित्सकहरुले सुुझाएका छन् । दुई विद्यालयलाई केन्द्र बनाई गरिएको मुटुको स्वास्थ्य परीक्षणमा आदर्श माविमा सात र अमरमा १६ विद्यालयका विद्यार्थी सहभागी थिए । दुई विद्यालयमा जम्मा तीन हजार आठ सय ८६ जनाको मुटु परीक्षण गर्दा यो समस्या देखिएको फाउन्डेसन सचिव रीता अधिकारीले बताउनुभयो । गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु जाँच गर्नुभएको थियो । मुटुमा शल्यक्रिया गर्नुपर्ने बालबालिकाको सम्पूर्ण उपचार गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने गरिने पनि अधिकारीले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...