पाँचखालका बिरामीलाई निःशुल्क रगत

Published on

काठमाडौँ । पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्तसञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ । नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख महेश खरेल र रेडक्रसका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गर्नुभएको हो । सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको हो ।

यस्तै नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । निःशुल्क सेवाका लागि नगरले अग्रिम रु. तीन लाख रक्त सञ्चार सेवालाई दिनुपर्नेछ । “यो सम्झौताले नगरवासीमा राहत पुग्ने विश्वास लिएका छौँ”, खरेलले भन्नुभयो । नगरप्रमुख खरेलले कम्तीमा रु. एक करोडको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको सुरुआतका लागि व्यक्तिगत रूपमा रु. ५० हजार बीउपुँजीको व्यवस्था गर्नुभएको छ । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न रु. २५ हजार उपलब्ध गराउने बताउनुभएको छ । रासस

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...