शाश्वतधाममा भक्तजनको भिड

Published on

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको आकर्षण बढ्दै गएको छ । विशेष गरी नेपाल र भारतका साथै चीन, थाइल्यान्ड, म्यानमार, भुटान, बङ्गलादेश, श्रीलङ्कालगायत नेपाल घुम्न आउने विदेशी पर्यटक पाहुनाहरूको भ्रमणका लागि रोजाइको गन्तव्य पनि बनेको छ ।

धार्मिक तथा पर्यटकिय क्षेत्रको दृष्टिकोणले महत्त्वपूर्ण रहेको धाममा घुम्न र एकाम्बेश्वर महादेवको दर्शनका लागि दैनिक सयौँ दर्शनार्थी धाममा आउने गरेका छन् । शाश्वतधाममा ५० लाख भक्तजनले अवलोकन गरेका छन् । यहाँ प्रवेश गर्ने भक्तजनहरूको विद्युतीय मेसिनले गणना गर्ने व्यवस्था रहेको घनश्याम चालिसेले बताउनुभयो । २०७३ फागुन २५ बाट सर्वसाधारणका लागि खुला गरिएको शाश्वतधामलाई ‘बेस्ट टुरिस्ट डेस्टिनेसन’को रूपमा अवार्ड प्रदान गरिएको थियो । योसँगै पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको शाश्वतधामका प्रमुख अशोक घर्तीले बताउनुभयो । सात बिघा क्षेत्रफलमा फैलिएको शाश्वतधाम विभिन्न देवी देवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक सङ्ग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, शाकाहारी भोजनालय निर्माण गरिएकोे उहाँले बताउनुभयो ।

पचास लाख दर्शनार्थीले अवलोकन गरेको अवसरमा शाश्वतधाम प्रवेश गरेका दर्शनार्थीलाई सम्मान गरिएको छ । यसैगरी काठमाडौं उपत्यकामा लोकप्रिय सांस्कृतिक झाँकीसहितको महाकाली नाच उपत्यका बाहिर पहिलोपटक शाश्वतधाममा प्रस्तुत गरिएको छ। धर्मसंस्कृतिको संरक्षण, धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरणमार्फत पर्यटन प्रवर्धन र पर्यटकको आकर्षण बढाउने ध्येयका साथ हुने एक दिवसीय कार्यक्रममा स्थानीय मौलिक संस्कृति, रहनसहन, भेषभूषा र बाजागाजासहितका थारू, मगर, लामा–गुरुङ, ब्राह्मण जातिका मौलिक झाँकीसहितका नृत्य र सांस्कृतिक प्रस्तुति समावेश गरिएको घर्तीले बताउनुभयो ।

शास्वतधाममा कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, सङ्ग्रहालय, शाकाहारी भोजनालय जस्ता दर्शन, अवलोकन, भ्रमण र विश्रामका लागि उपयुक्त स्थलहरू छन् । मन्दिर परिसरमा वैदिक कर्मकाण्ड गुरुकुल पनि सञ्चालनमा छ । यहाँ ४० जना विद्यार्थीले संस्कृत अध्ययन गर्दै आएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधामको निर्माणले यस क्षेत्रको धार्मिक तथा पर्यटन विकास सँगसँगै सनातन धर्मको उत्थानका लागि महत्त्वपूर्ण रहेको बताइएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...