सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै छ । अघिल्लो बैठक बसेको चार महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यसअघि, प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो । त्यसपछि अनिश्चित समयका लागि स्थगित बैठक आज बोलाइएको छ । पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची छ । यसै गरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...