यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार

Published on

काठमाडौँ । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो । जितको सँघारमा पुगेको नेपाल अन्तिममा सम्हालिन सकेन । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो हारसँगै नेपालको अगाडिको यात्रा कमजोर बनेको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

स्कटल्यान्ड लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाउनुभयो । ग्रवियल फन्टेलाले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले दुई तथा पुजा महतो र कृष्मा गुरुङले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८।५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिनुभयो । अमि बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...