मुख्यमन्त्री शाहद्वारा पूर्वमुख्यमन्त्री र सभामुखसँग छलफल

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन निर्वतमान तथा पूर्व मुख्यमन्त्री र सभामुखसँग छलफल गर्नुभएको छ । मङ्गलबार धनगढीमा भएको भेटघाटमा प्रदेश सभा कसरी निरन्तर सञ्चालन गर्ने, सुदूरपश्चिमको विकास र समृद्धीमा के, कसरी काम गर्न सकिन्छ भन्नेमा छलफल गरिएको मुख्यमन्त्री शाहले बताउनुभयो । छलफलमा निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, ०७४ को पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्ट र हालका प्रदेश सभाका सभामुख भीमहादुर भण्डारीको उपस्थिति रहेको थियो । यस्ता खालका बैठक नियमित रुपमा गरिने मुख्यमन्त्री शाहले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...