‘मेरा कलमका डोबहरू’ लोकार्पण

Published on

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको पुस्तक काठमाडौँमा नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ कलाकारद्वय चैत्यदेवी सिंह र भुवन चन्दले लोकार्पण गर्नुभयो । कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्रपत्रिकामा प्रकाशित आलेखलाई सङ्ग्रह गरेर पुस्तकको आकार दिएको बताउनुभयो । मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै कृतिकार अधिकारीले आफ्ना आलेखलाई दस्ताबेजीकरण गरेको जानकारी दिनुभयो । अखिल नेपाल साहित्यिक समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले अधिकारलाई आफूले बर्सौंदेखि चिनेको भन्दै आगामी दिनमा अन्य कृतिको आशा गरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...