‘मेरा कलमका डोबहरू’ लोकार्पण

Published on

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको पुस्तक काठमाडौँमा नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ कलाकारद्वय चैत्यदेवी सिंह र भुवन चन्दले लोकार्पण गर्नुभयो । कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्रपत्रिकामा प्रकाशित आलेखलाई सङ्ग्रह गरेर पुस्तकको आकार दिएको बताउनुभयो । मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै कृतिकार अधिकारीले आफ्ना आलेखलाई दस्ताबेजीकरण गरेको जानकारी दिनुभयो । अखिल नेपाल साहित्यिक समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले अधिकारलाई आफूले बर्सौंदेखि चिनेको भन्दै आगामी दिनमा अन्य कृतिको आशा गरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...