चौपाया छोड्नेलाई सात हजार जरिवाना

Published on

काठमाडौँ । आफ्ना चौपायाहरु जथाभावी छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराउने भएको छ । नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हालसम्म ७८ वटा गाई गोरुको व्यस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाया आफ्नो भनी दाबी गर्न आएका दुई जनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाइएको नगरपालिकाका प्रवत्ता एवं छाडा चौपाया नियन्त्रण अभियानका संयोजक भोला यादवले जानकारी दिनुभयो।

छाडा चौपाया निन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवना गराई आइन्दा छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो । छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले जानकारी दिनुभयो । “विशेषगरी छाडा गाइगोरुले नगरमा बढी समस्या ल्याएको छ,” उहाँले भन्नुभयो, “छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमूत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।”

सिद्धार्थनगरमा बर्सेनि छाडा गाईगोरुको समस्या विकराल बन्ने गरेको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखेट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पसल आसपास छाडी रात परेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या बर्सेनि दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो । नगर प्रमुख खानले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको हो । बजारमा छाडारुपमा हिँडिरहेका चौपायालाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको बाणगङ्गा नगरापलिका वडा नं २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

काठमाडौँ । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य...

भारतीय अन्तरिक्ष मिसन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा...

एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई...