गण्डकीमा एक लाख बढी किशोरीलाई खोप लगाइने

Published on

काठमाडौँ । गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सञ्चालनको लागि तयारी भइरहेको छ । माघ २२ गतेदेखि एचपीभी खोप लगाउन सुरु गर्ने योजना अनुरुप गण्डकी प्रदेशका सबै जिल्लामा पनि सुरु हुनेछ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका खोप अधिकृत एकनारायण लम्सालका अनुसार हाल जिल्ला स्तरीय खोप योजना तर्जुमा गोष्ठी, खोप कार्यकर्ताको तालिम, जिल्ला तथा स्थानीय तहमा खोप समन्वय सम्बन्धी बैठकहरु सञ्चालन भइरहेका छन् । गण्डकी प्रदेशभर १४ सय १० सामुदायिक विद्यालय र चार सय ७६ संस्थागत विद्यालयमा ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई खोप लगाइने लम्सालले जानकारी दिनुभयो ।

“विभिन्न कारण विद्यालय जान नपाएका १० वर्षदेखि १४ वर्षभित्रका किशोरीहरुलाई पनि एचपीभी खोप लगाइनेछ । धेरै ठाउँहरुमा जिल्ला गोष्ठी सम्पन्न भइसकेका छन् । मनाङ र मुस्ताङमा अत्याधिक चिसोले गर्दा माघ २२ गते खोप सन्चालन हुने छैन । त्यहाँ फागुन तिर खोप अभियान कार्यक्रम सन्चालन हुनेछ । अन्य जिल्लामा तोकिएकै मितिमा हुनेछ,” उहाँले भन्नुभयो । लम्सालका अनुसार गण्डकी प्रदेशभर एक लाख तीन हजार तीन सय ५१ जनालाई खोप दिइनेछ । गण्डकी प्रदेशको सबैभन्दा बढी कास्कीमा एचपीभी खोप लगाइनेछ । कास्कीमा २४ हजार ७ सय ६९ जनालाई खोप लगाइनेछ । त्यस्तै सबैभन्दा कम १ सय ९ मनाङमा रहेको छ । स्याङ्जामा ९ हजार ९ सय ३७, तनहुँमा १४ हजार ३ सय ५४, गोर्खामा ७ हजार ९ सय ३७, लमजुङमा ६ हजार ६ सय ५, पर्वतमा ४ हजार ७ सय १९, बागलुङमा ११ हजार ६ सय ६, म्याग्दीमा ४ हजार ८ सय ४२, मुस्ताङमा ५ सय ८७ र नवलपुरमा १७ हजार ८ सय ८६ रहेको छ । ूयो प्रारम्भिक डाटा हो, तल माथि हुन सक्छ,ू उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशभरका जिल्लाहरुमा पठाउनको लागि भ्याक्सिन आइसकेको लम्सालले जानकारी दिनुभयो । स्वास्थय आपूर्ति व्यवस्था केन्द्रमा भ्याक्सिन राखिएको उहाँले बताउनुभयो । “हामीसँग आइसल्याण्ड रेफ्रिजेरेटर ९आइएलआर०को सेटअप छ । सोही फ्रिजले एचपीभी खोपलाई भण्डारण गर्नेछ,” उहाँले भन्नुभयो । माघ २० गतेभित्र सबै जिल्लाजिल्लामा पुर्‍याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । उक्त खोप प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन लगाइनेछ । खोप उपलब्ध गराउन संघीय मन्त्रालयबाटै पहल भएपछि सातै प्रदेशमा सम्बन्धित मन्त्रालय र मातहतका विभागले सेवा प्रवाहमा खटिन सुरु भएको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...