जङ्गलमा मृत भेटिएका दुई किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने

Published on

काठमाडौँ । जङ्गलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगन्जमा पोस्टमार्टम हुने भएको छ। गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगन्ज लाने तयारी प्रहरीले गरेको हो। घटनास्थलकोे मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। घटना शङ्कास्पद भएको र राम्ररी परीक्षणपछि आशङ्का नहोस् भनेर प्रहरीले शव नेपालगन्ज लैजान लागेको हो।

घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ। शुक्रबार दिउँसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार साँझ भेटिएको थियो। मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत थिए। घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी प्रमुख भण्डारी र अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...