गृहमन्त्री लेखकको भनाई

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बतानुभएको छ । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताउनुभयो ।

“ हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ ।” मन्त्री लेखकले भन्नुभयो–“ स्वतन्त्र, व्यवसायिक, निश्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।” उहाँले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकता माथि र निश्पक्ष रुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभुत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाउनुभयो ।

पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । “कपोकल्पित समाचारहरु सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरु सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधीबाट आफू र सञ्चारगृह जोगाउन तपाईंहरुलाई आग्रह गर्दछु ।” मन्त्री लेखकले भन्नुभयो–“ त्यस्ता गतिविधि बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।”

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष्य ध्यानार्षण पत्र समेत बुझाउनुभएको छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...