राष्ट्रपति पौडेलबाट सहिद स्मारकमा पुष्पहार अर्पण

Published on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको छ । बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरुको शालिकमा पुष्पहार अर्पण गर्नुभएको हो । देशमा प्रजातन्त्र स्थापना गर्न पुलिमराङ गाउँका ६ जना सहिद भएका थिए । एउटै गाउँका धेरै जना सहिद भएकोले सो गाउँलाईलाई सहिदको गाउँ भनेर चिनिन्छ ।

२००७ सालमा राणा शासनका विरुद्ध आन्दोलनमा होमिएका धर्मध्वज गुरुङ र २०१८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध होमिएका लालध्वज गुरुङ, शमशेर गुरुङ, भारत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ सहिद हुनुभएको थियो  । पुष्पहार अर्पणपछि उहाँले स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको हो । राष्ट्रपति पौडेल आजै लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...