चिडिमार समुदायका लागि सञ्जाल गठन

Published on

काठमाडौँ । चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा १२ को पहलमा सो चिडिमार महिला सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा लक्ष्मी चिडिमार, सचिवमा अनुषा चिडिमार, सहसचिवमा सवनकुमारी चिडिमार, कोषाध्यक्षमा दुर्गादेवी चिडिमार रहनुभएको छ । ११ सदस्यीय गठित कार्यसमिति सदस्यमा समरिया चिडिमार, अस्मिता चिडिमार, बसन्ती चिडिमार, सिता चिडिमार र प्रतिक्षा चिडिमार हुनुहुन्छ ।

वडाअध्यक्ष बज्राचार्य, महिला सदस्य सुशिला पन्त, दलित महिला सदस्य चन्दा चिडिमार, सदस्य राज कुमार बाल्मिकी, सदस्य विनोदकुमार रस्तोगी, वडाको आमा समूहका अध्यक्ष एंव पदाधिकारीलगायतको उपस्थितिमा सञ्जाल गठन गरिएको थियो । चिडिमार समुदायको हक अधिकार, उत्थान तथा समुदायको विकास हुने उद्देश्यले राष्ट्रियस्तरीय सञ्जाल निर्माण गरिएको नेपालगन्ज १२ का वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो । उहाँले सो समुदायका महिलाको शसक्तिकरणका लागि सञ्जालको औचित्य देखिएको जनाउँदै सञ्जाल सक्रिय भएमा उहाँहरु आफै आफ्ना समस्या उठान तथा समाधान खोज्न सक्ने बन्नुहुने बताउनुभयो ।

वडाअध्यक्ष बज्राचार्यले महिला सञ्जाल दर्ताको प्रक्रियामा गइसकेको बताउनुभयो । बाँकेमा चिडिमार समुदायको बाक्लो उपस्थिति रहेको छ । महिला सञ्जाल पहिलो पटक गठन गरिएको चिडिमार समुदायका अगुवा रामु चिडिमारले बताउनुभयो । उहाँका अनुसार नेपालमै सबैभन्दा बढी बाँकेमा यस समुदायको बसोबास रहेको छ । महिलाको हक अधिकारको सवालमा उहाँहरुलाई सक्षम बन्न सञ्जालले सहज बनाउने अगुवा रामुको विश्वास छ । सञ्जालमार्फत महिलाको हक अधिकार र सामाजिक समस्याविरुद्ध सचेतनामुलक कार्यक्रम गरिनेछ ।

चिडिमार समुदायका अगुवा रामुका अनुसार नेपालको बाँके, बर्दिया, सिरहा र सप्तरी जिल्लामा चिडिमार समुदायको बसोबास रहेको पाइन्छ । बर्दियामा २० जनाको संख्यामा यो समुदाय रहेको छ । बाँकेमा १ हजार ६०० को हाराहारीमा रहेका छन् । जिल्लाको जानकी गाउँपालिकाको करमोहना, नरैनापुर, शम्शेरगन्ज, कोहलपुर नगरपालिकाको वडा नम्बर १४ र १५ र नेपालगन्ज उपमहानगर पालिकाको वडा नम्बर १ र १२ मा यो समुदायको बसोबास रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...