कम तौल भएको चामलको बोरा बिक्री

Published on

काठमाडौँ । बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलको बोरामा कम तौल भएको पाइएको छ । ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम भएको पाइएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको बालाजी राइसमिल, एच्छा राइसमिल र कञ्चनपुरको कृष्णपुरस्थित त्रिपुरासुन्दरी एग्रो इण्डस्ट्रिज प्रालिले उत्पादन गरी बैतडीमा बिक्री भइरहेको चामलको बोरामा आधा किलो र एक किलो तौल कम भएको बैतडीका व्यपारिले गुनासो गरेका छन् ।

पाटन नगरपालिका –८, विप्याकटाल बैतडीका खुद्रा व्यापारी हरिश बिष्टले चामलको बोरामा कम्पनीले ठगी गरेको गुनासो गर्नुभयो । उहाँले, बोरा खोलेर खुद्रा चामल बिक्री गर्दा व्यापारी र सिङ्गो बोरा किन्दा उपभोक्ता ठगिएको बताउनुभयो । बजारमा मोटो चामल प्रतिकिलो ५४ प्रतिकिलो दर रेटमा बिक्री भइरहेको छ । जिल्लाका विभिन्न बजार क्षेत्रमा कम्पनीले कम तौल भएको चामलको बोरा पठाएको गुनासो आएकोले अनुगमन गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायल बताउनुभयो । उहाँले तुरुन्तै अनुगमन गर्ने तयारी भइरहेको बताउनुभयो ।

बैतडीवासीलाई वार्षिक ४८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा जिल्लामा छ हजार मेट्रिक टन मात्र धान फल्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क छ । ठुलो परिमाणमा बाहिर जिल्लाबाट चामलको आपूर्ति हुने गरेको छ । बाहिर जिल्लाबाट आयात हुने खाद्यान्नमा उपभोक्ता ठगिने गरेका छन् । तथ्याङ्कअनुसार जिल्लामा १३ हजार मेट्रिक टन मकै, १० हजार मेट्रिक टन गहुँ र छ हजार मेट्रिक टन धान गरी जम्मा २९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । अपुग हुने वार्षिक १८ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आयात हुने गरेको पाइएको छ ।

बाहिरी जिल्लाबाट आउने खाद्यान्नमा तौल कम भएको विषयमा जिज्ञासा राख्दा खाद्य गुण नियन्त्रण कार्यालयले बैतडीको कार्यालय प्रमुख ललित कठायतले तौलका विषयमा आफ्नो क्षेत्राधिकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खाद्यान्नको गुणस्तर हेर्दै आएका छौं । तौलको विषयमा नाप तौल विभागले हेर्छ । यद्यपि बजामा कम तौल भएको चामलको बोराका विषयमा सम्बन्धित कार्यालयसँग समन्वय चाहिँ गर्छौं ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...