खोला र पुरिएका कित्ताको जग्गा छुट्याइँदै

Published on

काठमाडौँ । असोज दोस्रो साता आएको बाढीपहिरोबाट विनाश भएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा पर्ने रोसी खोला क्षेत्रमा खोला र पुरिएका जग्गा छुट्याउने कामलाई तीव्रता दिइएको छ । नापी कार्यालय काभ्रेपलाञ्चोक र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा पनौती नगरपालिकाले बाढीपहिरोले क्षति गरेको वडा नम्बर–१२ स्थित रोसी खोला क्षेत्रमा खोला र कित्ताको जग्गा छुट्याउने काम सुरु गरिएको हो ।

प्रमुख नापी अधिकृत अशोककुमार भुसालले १४ जना प्राविधिक खटाएर विगत एक महिनादेखि बाढीपहिरोका कारण धार परिवर्तन गरेको रोसी खोलालाई साविकको स्थानबाट बगाउने, रोसी खोलाले पुरेको, बगाएको जग्गाको पुनर्स्थापना गर्ने काम सुरु गरिएको बताउनुभयो । उहाँले नापी कार्यालयका चार जना, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका विज्ञ कर्मचारी १० जना गरी १४ जना प्राविधिकहरू जग्गा पुनर्स्थापनाको काममा लागेको बताउनुभयो ।

“बाढी पहिरोपछि रोसी खोलाले साविकको ठाउँभन्दा फरक ठाउँबाट धार परिवर्तन गरेको छ, नागरिकहरूले घर बनाउने प्रयोजनका लागि नक्सा पास गर्न पाएनन्, किसानले खेती गर्नका लागि आफ्नो खेतबारी फेला नपारेपछि नगरपालिकाले जग्गा छुट्याइ दिन आग्रह गरेपछि हामीले जग्गा पुनर्स्थापना गर्ने काम सुरु गरेका हौँ” प्रमुख नापी अधिकृत भुसालले भन्नुभयो । उहाँले पनौती नगरपालिकाले तालिम केन्द्रका १० विज्ञ कर्मचारीलाई पारिश्रमिक दिनेगरी जग्गा पुनस्र्थापनाका लागि नियुक्त गरेको बताउनुभयो । रोसी खोला तथा जग्गा पुनर्स्थापनामा खटिएका कर्मचारीलाई तालिम प्रदान गरेपछि उहाँहरू कार्यक्षेत्रमा खटिएको बताउनुभयो ।

उहाँले बाढीपहिरोपछि रोसी खोलालाई करिब नौ किलोमिटर र वडा नम्बर–१२ का करिब तीन सय कित्ता जग्गाको पुनर्स्थापना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रमुख नापी अधिकृत भुसालले कार्यक्षेत्रमा खटिएको टोलीले हालसम्म करिब नौ किलोमिटर खोलामध्ये करिब साढे सात किलोमिटर खोलालाई वि.सं. २०३२ को नापीअनुसारको स्थानबाट बगाएको र तीन सय कित्तामध्ये ६० वटा कित्ता जग्गालाई साविककै स्थानमा पुनर्स्थापना गरिएको बताउनुभयो । प्रमुख नापी अधिकृत भुसालले बाढी पहिरोले क्षति गरेको बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका, मण्डनदेउपुर नगरपालिकामा खोला र जग्गा पुनर्स्थापना गर्नुपर्ने भएका कारण कार्यालयले पनौतीमा गरेको कामको मोडलको आधारमा उक्त पालिकालाई समेत सहयोग गर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...