प्रेस चौतारी म्याग्दीको अध्यक्ष पुनः बानियाँ

Published on

काठमाडौँ । प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसकै दिन आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, उपसचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की र सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन हुनुभएको छ । चौतारीको अधिवेशनकै अवसरमा म्याग्दीको पहिलो दैनिक पत्रिका रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपियाँ सहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडि अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सक्नु भएको छ ।

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...