मकवानपुरबाट निर्यात घट्यो

Published on

काठमाडौँ । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०-०८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो । चालु आव २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपियाँ बराबरको निर्यात गरेको भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ)का अनुसार गत आव २०८०-०८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपियाँ बराबरको निर्यात गरेका थिए ।

व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँच वटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिक मन्त्रीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताउनुभयो । मकवानपुरबाट चालु आवमा प्याक्ट ग्रुप क्लोजर, रिद्धिसिद्धि सिमेण्ट उद्योग, इभान्स लाइफ साइन्सेस प्रा.लि. र सिक्स भिल्ला प्रा.लि.ले निर्यात गरेको छ । यी उद्योग र व्यापारिक प्रतिष्ठानले प्लाष्टिकका बिर्को, सिमेण्ट, लोठसल्लाको पाउडर, पास्ता, कुरकुरेलगायतका खाद्यान्न निर्यात गरेको सङ्घले जनाएको छ । सङ्घका अनुसार प्याक्ट ग्रुप क्लोजर मर्मतको क्रममा रहेकोले पनि चालु आवको पहिलो छ महिनाको निर्यातमा ह्रास आएको हो ।

लोठसल्लाको पाउडर निर्यात गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रा.लि. ले निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सङ्घले यसअघि सम्मान गरेको थियो । गत आवमा बिस्कुट, पपलगायत उत्पादन भारततर्फ निर्यात गरेको खजुरीको नेपाल प्रा.लि. को उत्पादन चालु आवमा निर्यात भएको छैन । गत आव २०८०-०८१ मा मकवानपुर जिल्लाका विभिन्न उद्योगबाट गरी ४३ करोड ५३ लाख ९४ हजार ९९४ रुपियाँ बराबरको उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...