रवि लामिछाने विरुद्ध थुनछेक बहस हुँदै

Published on

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने माथि लागेको सहकारी ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हेर्दा हेदैको सूचिमा रहेको लामिछानेको ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुँदै भएको हो ।

थुनछेक बहस नसकिएका कारण बुधवार अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो । उहाँलाई बिहीबार बिहानै १० बजे नै अदालतमा उपस्थित गराउन अदालतको निर्देशन भएकाले उहाँ उपस्थित भए लगत्तै बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । बुधवार रोकिएकै अवस्थाबाट थुनछेक बहस सुरु हुने पनि बताइएको छ । मुद्दामा सहकारी पीडितका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गर्नुभएपछि हिजोको अदालतको कारबाही रोकिएको थियो । त्यसलाई निरन्तरता दिँदै सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र अधिवक्ता शम्भू वर्तौलाले आज बहस गर्दै हुनुहुन्छ ।

त्यसपछि मात्रै रवि लामिछानेका तर्फका अधिवक्ताहरूले बहस गर्ने कार्यक्रम छ । सो मुद्दामा लामिछानेका तर्फबाट बचाउ बहसकालागि वरिष्ठ अधिवक्ता सुनिलकुमार पन्तको नेतृत्वमा दश जना अधिवक्ताले आफ्नो नाम वकलातनामामा दर्ता गराउनु भएको छ । अधिवक्ता पन्त सहित अधिवक्ताहरू डा. एकनारायणदत्त कँडेल, अधिवक्ता चूडामणि सापकोटा, अधिवक्ता रामचन्द्र देवकोटा, अधिवक्ता सुवर्ण सापकोटा र अधिवक्ता सञ्जय गोले, अधिवक्ता गोपीलाल देवकोटा लगायतले वकालतनामा दर्ता गराउनु भएको अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो ।

लामिछाने हाजिरकालागि अदालतमा बुधवार बिहानै उपस्थित हुनुभएको थियो । उहाँ अदालतमा हाजिर भएपछि तिन घण्टा लामो बयान लिएर थुनछेक बहस गरिएको थियो । थुनछेक बहसको शुरुमै सरकार बादी रहेको सो मुद्दामा जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता बुद्धवहादुर थापा, सहायक न्यायाधिवक्ता अमृत सुवेदी ले बहस गर्नुभएको थियो । उहाँले बहसका क्रममा लामिछाने लगायतका सबै अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दाबी गर्नुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविका विरुद्ध मागलवर सङ्गठित अपराधको मुद्दा उन्मुक्ति दिदै ठगीमा मात्र मुद्दा दर्ता गराएको थियो । २०८१ असोज ८ गते चितवन जिल्ला अदालतमा साहारा चितवनको मुद्दा दर्ता भएको थियो । सोही मुद्दा विचराधिन भइरहेका बेला पूरक निवेदन दर्ता भए पछि लामिछाने सहितका ३२ जना विरुद्ध मुद्दा दर्ता गराएको थियो । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा १ र २ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । दफा २४९ को उपदफा ३ ग बमोजिम कारबाही माग गरिएको छ । लामिछानेले भने बयानमा सबै इन्कारी गर्नुभएको छ ।

साहारा चितवनबाट गोरखा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ गएको देखिन्छ । यसमा सञ्चालक रहेका चार जनालाई दामासाही रूपमा ठगीमा बिगो भराइने गरी मुद्दा दर्ता गरिएको थियो । यसो हुँदा लामिछाने माथि २ करोड ७० लाख ४ हजार ५३५ रुपियाँ बरावरको बिगो दाबी हुन आउँछ । मुद्दामा गोरखा मिडियाका नाममा जम्मा भएको रकममा ८१४ वटा मार्फत लामिछानेले एकल खर्च गरेको पनि मुद्दामा उल्लेख छ । गोरखा मिडियाको थप ६ वटा चेक जीवी राइसँग मिलेर लामिछानेले खर्च गरेको पनि मुद्दामा जनाइएको छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...