भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

Published on

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम रावलले यही माघ २६ गते धनगढीमा जागरण भेलाको आयोजना गर्ने जानकारी दिनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने बताउनुभएको हो ।

मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गर्दै उहाँले भेलामा सबै दलका समर्थक तथा नेता कार्यकर्तालाई उपस्थितिका लागि आग्रह गर्नुभयो । रावलले भन्नुभयो, “कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौं । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक आह्वान गर्दछु ।” यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुभयो । उहाँले स्थिर सरकार र संविधान संशोधनका लागि नेपाल कांग्रेस र नेकपा (एमाले) मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गर्नुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...