क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

Published on

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ । बिहिबार महेन्द्रनगरको एभिएसन म्युजियममा भएको एक कार्यक्रममा उनले आफ्नो पुस्तक विमोचन गरेका हुन् । उप्रेतीले आफ्नो पाइलट जीवनमा आधारित ‘पाइलट प्रेम’ उपन्यास उक्त कार्यक्रममा विमोचन गरेका हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तले पुस्तक विमोचन गर्दै क्याप्टेन उप्रेतीको उल्लेखनीय प्रशंसा गर्नुभयो । यसैगरी उप्रेतीको उल्लेखनीय काम र योगदानले आफ्नो जन्मभूमिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै नाम राख्न सफल भएको सुदूरपश्चिम विश्वविद्यालय सिनेट सदस्य डा. कृष्णदत्त जोशीले बताउनुभयो ।

यसअघि उप्रेतीले भू—स्वर्ग परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका थिए ।

नेपालको सुन्दर सुदूरपश्चिममा जन्मिएका क्याप्टेन वेद उप्रेती तिन दशकभन्दा बढि समयदेखि उडानमा छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट ग्य्राजुयसन र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उप्रेतीले अमेरिका, भारत, फ्रान्स, थाइल्यान्ड, सिङ्गापुर आदि देशबाट उडानसम्बन्धी तालिम लिएका छन् । नेपाल, भारत, इन्डोनेसिया, बङ्लादेश आदि देशका विभिन्न एयरलाइन्समा प्रशिक्षक पाइलट उप्रेतीले सयभन्दा बढि देशको यात्रासँगै लेखन र फोटोग्राफीका समेत पहिचान बनाएका छन् । दर्जन पुस्तक लेखेका उप्रेतीका ‘एभरेस्ट फ्रम द एयर’, ‘थ्री सिक्स्टी डिग्री एभरेस्ट फ्रम अ पाइलट्स् आइ भ्यू’, ‘नेपाल फ्रम द स्काई’ पुस्तक प्रसिद्ध छन् भने महेन्द्रनगर र काठमाडौँमा एभिएसन म्युजियम पनि सञ्चालन गरिरहेका छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...