‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’

Published on

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । शिक्षादीप कलेज विराटनगरद्वारा आज यहाँ आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उहाँले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानव संसाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री कार्कीले विद्यार्थीद्वारा निर्मित हवाईजहाज, संवाद गर्नसक्ने रोबोटलगायत आविष्कारको अवलोकन गर्नुभएको थियो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...