बिहेमा झगडा भएर १ जनाको मृत्यु, ६ जना पक्राउ

Published on

काठमाडौँ । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याउने क्रममा रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरूबिच ग्याङ फाइट भएको थियो । दुलही भित्राएपछि नाचगान चलिरहेको समयमा एक्कासि दुलाहा भिनाजु नाता पर्ने रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबिच विवाद बढ्दै जाँदा बेस्सरी कुटपिट भएको थियो । दुई पक्षीय कुटपिटका क्रममा रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीका अनुसार २५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो । डिएसपी जोशीका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुलाहाको भिनाजु सोही गाउँपालिका–२ बस्ने ३५ वर्षीय रामबहादुर राना सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ २ की ३० वर्षीया मनीषा राना, बैजनाट ६ का १८ वर्षिय भिजन नेपाली, जाजरकोट शिवालय ७ घर भई बैजनाथमा पाहुना आएका २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका ६ घर भई पाहुना आएकी २७ वर्षीय अमृता डाँगी र बैजनाथ ८ का १८ वर्षीय सुजन बुढा रहेका छन् । दुई समूहको लडाइँपछि त्यहाँ भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबिच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीयले बताएका छन् । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी जोशीले बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...