आत्महत्या न्यूनीकरण गर्न सचेतना

Published on

काठमाडौँ । पछिल्लो समयमा गुल्मीमा आत्महत्याको दर बढ्दै गइरहेको हुँदा इस्मा गाउँपालिकामा आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम थालिएको छ। यस गाउँपालिकाको-५, इस्मा रजस्थलमा स्थानीयलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। यस वडामा आत्महत्या न्यूनीकरणसँगै नागरिकमा सकारात्मक सोचको विकास गर्न सचेतना कार्यक्रम गरिएको वडा अध्यक्ष झविन्द्र अर्यालले जानकारी दिनुभयो। आर्थिक, सामाजिक र पारिवारिक कारणले आत्महत्या गर्ने भएकाले न्यूनीकरण गर्न समुदायका व्यक्तिलाई त्यसबारेमा सचेत पारिएको छ।

त्यस अवसरमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले सकारात्मक सोचसँग सम्बन्धि कुराहरुको बारेमा जानकारी गराउनुभयो। सकारात्मक सोचाइले मानिसले गर्ने हरेक कार्यमा सफलता मिल्ने भन्दै उहाँले सबैले मानसिक स्वास्थ्यलाई विशेष ख्याल गर्न आग्रह गर्नुभयो। समाजलाई सकारात्मक दिशामा लैजानका लागि सबैमा सकारात्मक सोच हुन आवश्यक रहेको हुँदा हरेक नागरिक तनावमुक्त हुन जरुरी रहेको समन्वय प्रमुख खत्रीले बताउनुभयो। आफू स्वस्थ हुन विशेष ख्याल गर्नुपर्ने भएको हुँदा नागरिकले खानपानमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो।

सबैले सकारात्मक सोचसहित सत्कर्मका लागि अगाडि बढ्न जरुरी रहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो। हरेक नागरिकले तनावमुक्त भएर आफ्ना दैनिकी क्रियाकलापलाई निरन्तर दिनुपर्ने भन्दै उहाँले आत्महत्या न्यूनीकरणका लागि नागरिकमा हुने एकोहोरो र निराशालाई हटाउन जरुरी रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले आत्महत्या न्यूनीकरणका लागि दिमागबाट नकारात्मक सोच हटाउन जरुरी रहेको बताउनुभयो। मनमा आएका हरेक कुरालाई दिमागले नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सबैले खानपानलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

विशेषगरी उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट पनि आत्महत्या हुने गरेको भन्दै डिएसपी दाहालले आत्महत्या न्यूनीकरणका लागि जनस्तरमा प्रहरी तथा विभिन्न सङ्घ संस्थाले समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। चिकित्सकका अनुसार डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारण रहेको पाइएको छ। जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी कुँवर, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो। आत्महत्या न्यूनीकरण र सकारात्मक सोचको विकाससंग सम्बन्धित सचेतना कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम रहेको सहभागीहरुले बताउनुभयो। उहाँहरुले वडाले आगामी दिनमा पनि यस्ता महत्त्वपूर्ण कार्यक्रमलाई विशेष महत्त्व दिन आग्रह गर्नुभयो।

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...