क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन

Published on

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहन रोक्नका लागि अनुगमन तीव्र बनाउनुभएको छ । उहाँले ढुङ्गा, गिट्टी, बालुवा लगायतका सामग्रीको अनधिकृत उत्खनन् र त्यसको प्रयोगस्थलको निरीक्षण र अनुगमन तीव्र बनाउनुभएको हो । उहाँले आइतबार साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमलामाई क्रसर उद्योग र कमलामाइ बालुवा प्रशोधन उद्योगको निरीक्षण गर्नुभयो। कमला नदी र आसपासका क्षेत्रबाट गैरकानुनी रूपमा उत्खनन् गरिएका ढुङ्गा, गिट्टी र बालुवा क्रसर उद्योगहरूले प्रयोग गरिरहेको जानकारी पाएपछि मुख्यमन्त्रीले यो कदम चाल्नुभएको उहाँको प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताउनुभयो ।

अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित सामग्रीहरूको स्रोत र तिनको वैधता प्रमाणीकरण नगर्दासम्म ओसारपसार रोक्न निर्देशन दिनुभएको छ । स्थानीय तहसँग छलफल गरी आवश्यक प्रमाणीकरण प्रक्रियाहरू टुङ्ग्याएर मात्र क्रसर सञ्चालन गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्रीले कमलामाई क्रसर उद्योगमा अनुगमन गर्दै क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी र बालुवाको परिमाणत्मक सञ्चिति, र वातावरणीय मापदण्डअनुसारका ठाउँमा खोला खनिएको वा नखनिएको लगायतका विषयमा जानकारी लिनुभयो साथै, उहाँले खोला खन्ने क्रममा वातावरणीय मापदण्ड पालना भए नभएको, गहिराइको नियन्त्रण, र सञ्चित सामग्री प्रमाणीकरणको अवस्थाबारे पनि जानकारी प्राप्त गर्नुभयो ।

प्रेस सल्लाहकार कर्णले भन्नुभयो, “कमला नदीबाट वर्षौँदेखि भइरहेको अवैध तथा अनुचित दोहनका कारण नदी प्रणालीमा प्रतिकूल असर परिरहेको छ । जेसिभी र अन्य उपकरणहरू प्रयोग गरी ठूलो परिमाणमा नदीजन्य पदार्थ निकालेर ट्याक्टरमार्फत क्रसरसम्म पुर्‍याउने कार्यले वातावरणीय असन्तुलन निम्त्याएको छ ।” अनुगमनको क्रममा धेरै क्रसर उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसारका मापदण्ड पालना नगरेको पाइएको उहाँको भनाइ छ । वृक्षरोपण, स्थानीयको जीविकोपार्जन, र चेतना अभिवृद्धिका लागि गर्ने भनिएका कामहरू ठप्पे देखिएको उहाँले बताउनुभयो ।

धनुषा र आसपासका जिल्लामा वालुवा प्रशोधन केन्द्रको नाममा सञ्चालित धेरै क्रसर उद्योगहरू मापदण्डविपरीत स्थानमा राखिएका छन् । यी उद्योगहरू वन क्षेत्र, स्वास्थ्य संस्था, र पुलपुलेसाजस्ता संवेदनशील क्षेत्रहरूबाट नजिकै सञ्चालन भइरहेको पाइएको छ । मुख्यमन्त्री सिँहले अवैध उत्खनन्का कारण पर्यावरणीय र सामाजिक असरलाई गम्भीरतापूर्वक लिँदै कमला खोलाको उत्खनन् क्षेत्रमै पुगेर थप अनुगमन गर्ने योजना बनाएको बताउनुभयो । कदमहरूले नदी संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । उहाँले यस अघि बिहीबार राती कमला खोलाको अनुगमन गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...