स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप

Published on

काठमाडौँ । स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् । यहाँका नौ हजार ३१९४ जना बालिका र किशोरीले एचपिभी खोप लगाउने तथ्याङक सङ्कलन गरिएकोमा सो भन्दा ७५ जना बढीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । यहाँ माघ २२ गतेदेखि २८ गतेसम्म समय तोकिएकोमा जिल्लाका एघार वटै पालिकामा गरी १००.८ प्रतिशत बालिका र किशोरीलाई एचपिभी खोप लगाएका हुन् । यहाँ लक्ष्य भन्दा कम पुतलीबजारमा ९८.८, वालिङ्मा ९८.३, चापाकोट नगरपालिकामा ९९.९ र बिरुवामा ९९.५ प्रतिशतले खोप लगाएकोमा अन्य पालिकामा भने बढीले खोप लगाएको कार्यालय प्रमुख केशब चापागाईले बताउनुभयो ।

यहाँको भीरकोटमा १००.८, गल्याङमा १०१.५, फेदीखोला गाउँपालिकामा १०२.८, आँधीखोलामा १००.५, अर्जुनचौपारीमा १०२.१, हरिनासमा १०३ र कालीगण्डकीमा १११.७ प्रतिशत बालिका तथा किशोरीलाई खोप दिइएको हो । खोप अभियानमा पुतलीबजार नगरपालिकामा एक हजार छ सय ९९ जना, भीरकोट नगरपालिकामा आठ सय ४० जना, वालिङ् नगरपालिकामा एक हजार नौ सय ४७ जना, गल्याङ नगरपालिकामा एक हजार एक सय २८, चापाकोट नगरपालिकामा आठ सय ८९ जना किशोरीलाई खोप लगाइएको हो । यस्तै अर्जुनचौपारी गाउँपालिकामा चार सय ४६ जना, फेदीखोला गाउँपालिकामा चार सय ७७ जना, बिरुवा गाउँपालिकामा चार सय २४ जना, हरिनास गाउँपालिकामा चार सय ७५ जना, कालीगण्डकी गाउँपालिकामा छ सय ६८ जना र आँधीखोला गाउँपालिकाका चार सय १ जना किशोरीलाई एचपिभी खोप लगाइएको चापागाईले बताउनुभयो ।

जिल्लाभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाएको चापागाईले बताउनभयो । उहाँले खोप अझै कार्यालयमा रहेको र लक्ष्य नपुगेको पालिकामा अझै खोजी गरेर लगाउने प्रयास गरिने बताउनुभयो । महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा सञ्चालित ३१९ वटा खोप केन्द्रबाट एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...