‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

Published on

काठमाडौँ । पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

ऐश्वर्य प्रकाशनको आयोजनामा आयोजित विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिदैं साहित्यकार लम्सालले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताउनुभयो । उहाँले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा। पन्तले समाजमा भएका विकृति कवितामा समेटिएको बताउनुभयो । पत्रकार उपाध्यायले गत भदौमामात्रै द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याउनु भएको थियो । कोभिड महामारी र द्वन्द्वको क्रममा जे भए त्यसमा आधारित भएर कविता सङ्ग्रह सृजना गरेको लेखक उपाध्यायले बताउनुभयो । विमोचन कार्यक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...