नाम्खा गाउँपालिका र स्तुपा सामुदायिक अस्पतालबिच सम्झौता

Published on

काठमाडौँ । हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ । नाम्खा गाउँपालिकाका बिरामीहरुलाई उपचारमा विशेष छुट दिने व्यवस्थाका लागि गाउँपालिका र अस्पतालबिच सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिकाभित्रका स्थानीय बिरामी भए उपचारमा छुट दिने व्यवस्थाबारे काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालसँग सम्झौता भएको जानकारी दिनुभयो ।

सो सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामा र अस्पतालको तर्फबाट निर्देशक पेम्बा लामाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता लागू भएसँगै अब नाम्खा गाउँपालिकावासीले सो अस्पतालमा उपचारका लागि जाँदा विशेष छुट पाउनेछन् । सम्झौता पत्रमा उल्लेख भए बमोजिम ओपिडीमा उपचार गर्ने बिरामीले २५ प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी बिरामीको इन्भेष्टिगेशन गर्दा पनि २५ प्रतिशत नै छुट पाउने व्यवस्था गरिएको छ । यता सर्जरीलगायत अन्य उपचारमा १५ प्रतिशत छुट र बेड शुल्मा २५ प्रतिशत छुट पाउने व्यवस्था छ । गाउँपालिका र अस्पतालबिच एक एक वर्षका लागि उक्त सम्झौता गरिएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...