डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक

Published on

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ । सङ्गठनका अनुसार पहिलो औषधीहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ । यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।

“पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधीहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्”, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ । डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ । “धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधीमा पहुँच थिएन”, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भन्नुभयो । प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ । यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधी उपलब्ध गराउने लक्ष्य राखिएको छ । डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये अधिकांश सीमित स्रोत भएका वातावरणमा बस्छन् ।

“यस्ता वातावरणका ७० प्रतिशत बालबालिका उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधी जस्ता कारणले क्यान्सरबाट मर्ने अनुमान गरिएको छ”, डब्लुएचओले भनेको छ । डब्लुएचओले निःशुल्क प्रावधान पायलट चरणभन्दा पनि पछि जारी रहने र प्लेटफर्मले लामो समयसम्म यसको दिगोपन विकास गर्न काम गरिरहेको बताएको छ । प्लेटफर्म स्थापना गर्ने योजना पहिलो पटक सन् २०२१ डिसेम्बरमा घोषणा गरिएको थियो । यो संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओ बिचको संयुक्त उद्यम हो । गैर–नाफामूलक बाल चिकित्सा उपचार र अनुसन्धान संस्थाले यसको प्रक्षेपणका लागि २० करोड डलर प्रतिबद्ध गरेको डब्लुएचओले जनाएको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...