हराउँदै जाँतो र सिलौटो

Published on

काठमाडौँ । परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जाँतो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो । राजविराज नगरपालिका २ मा तीन पुस्तादेखि सिलौटो, जाँतो र ओखल बिक्री गरेर परिवार पाल्दै आउनुभएका लालबाबु शर्माको परिवार अहिले पनि सोही काममा व्यस्त हुनुहुन्छ । तर मिहिनेत र परिश्रम अनुसार बिक्री वितरण हुन छोडेको उहाँको ३५ वर्षीया नाति शिवजी शर्माको गुनासो छ ।

हजुरबुबाले तत्कालीन सप्तरीको राजविराज नगरपालिका-९ तथा हालको राजविराज २ मा सुरू गर्नुभएको जाँतो, सिलौटो बनाउन अहिले तेस्रो पुस्ता हामी नातिहरूले निरन्तरता दिँदै आएको शिवजीले बताउनुभयो । उहाँका अनुसार हजुरबुवा र बुवाको पालामा यसको व्यापार एकदमै राम्रो भए पनि अहिले सर्वसाधारणले कहिलेकाहीँ मात्र यसको प्रयोग गर्नाले एक पटक किनेपछि पुस्तौं पुस्तासम्म प्रयोग हुने हुनाले बिक्री घटेको हो । पहिले दिनहुँ जाँतो, सिलौटो गरी ४ देखि ७-८ वटासम्म बिक्ने अहिले कहिलेकाहीँ एउटा बेच्न पनि समस्या भएको उहाँको अनुभव छ ।

सहरमा यसको बिक्री ह्वात्तै घटेको छ । गाउँघरमा अहिले पनि बिक्री हुँदै आएकोले अहिलेसम्म यो पेशामा टिक्न सकेको उहाँको भनाइ छ । शनिबार वा अन्य बिदाको दिन घोडालाई सिलौटो र जाँतो बोकाएर गाउँगाउँ जाने र दिनभरीमा बिक्री गरेर फर्किने गरेको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, “बनाएको ठाउँमा बेच्न गाह्रो भएकोले गाउँ गाउँमा गएर बेच्नुपर्ने बाध्यता छ ।” उहाँका अनुसार परिवारका १ दर्जन सदस्य यस पेसामा निरन्तर लागिरहनुभएको छ । उहाँका बुवा राजविराजमा र दुई जना काकाहरू कञ्चनरूप तथा भारदहमा जाँतो, सिलौटो बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

पाँच सयदेखि १० हजार रूपियाँसम्ममा सिलौटो र ५ सय देखि १५ हजारसम्ममा एक जोडी जातो तथा ३ सय देखि १५ सयसम्ममा ओखल बिक्री गर्दै आएको शिवजीको भनाइ छ । ग्राहकको चाहना अनुसार जति राम्रो बुट्टा बनाउन सकियो । जति धेरै समय दिन सकियो । त्यति रूपियाँ लिएर बेच्दै आएपनि यस्ता अर्डर कहिलेकाही मात्र आउने गरेको उहाँको भनाइ छ । राजविराज नगरपालिका-१६ का वर्ष ५५ का विमला देवले सरूसुरूमा मसला, अचार पिस्न सिलौटोको प्रयोग र दाल, चामल लगायत पिस्न जाँतोको प्रयोग गर्दै आए पनि विगत पन्ध्र वर्षदेखि यस कामको लागि मिल र घरमै भएको मिक्सर प्रयोग गर्दै आउनुभएको जानकारी दिनुभयो ।

समयको माग अनुसार महिलाको घरभित्र र बाहिर दोहोरो जिम्मेवारी निर्वाह गर्ने क्रममा घरभित्रको सम्पूर्ण कामको जिम्मेवारीका कारण समयको अभावमा जाँतो र सिलौटो प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै घटेको उहाँको धारणा छ । राजविराज-१ का वर्ष ५० का दुर्गादेवी रजक अर्काको घरको काम गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको छ । काममा जाँदा ‘मिक्सर’ उपलब्ध भएकोले मसला लगायत सामग्री मिक्सरमा पिसे पनि आफ्नो घरमा सिलौटोमा मसला पिसेर खाने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार घरमा मिक्सर भएको परिवारले बत्ती नभएको बेला, बिग्रेको बेला विकल्पको रूपमा मात्र जातो र सिलौटो प्रयोग गरिन्छ ।

“यो पेशाले बल्लतल्ल खान पुगेको छ । अरू केही गर्न सकिएको छैन । हाम्रो पुस्तौली पेशा हामीले छोडे कसले गर्ने रु नचाहेर पनि हामी गर्न बाध्य छौं तर समय परिस्थिति अनुसार यसबाट जीविकोपार्जन गर्न कठिनाइ भएको छ”, शिवजीका बाबु राजकुमार शर्माले भन्नुभयो । उहाँका तीन छोरा ९-१० वर्षको उमेरदेखि जाँतो र सिलौटो बनाउँदै आउनुभएको हो । तीनै दाजुभाइ सामान्य लेखपढ गर्न सक्नुहुन्छ । पुर्खौली पेशालाई निरन्तरता दिन यहीँ पेशामा समर्पित रहेको उहाँको भनाइ छ ।

तीन पुस्तादेखि यो पेशालाई निरन्तरता दिए पनि यसको प्रयोग घटेपछि यस पेशाको विकल्पमा आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिने योजना रहेको शिवजीले बताउनुभयो । जाँतो, सिलौटो र ओखल बनाउन धरानबाट आफै ढुङ्गा फुटाएर ल्याउने, आवश्यकता अनुसार ढुङ्गाको साइजसँगै चिल्लो बनाउने, आवश्यकता अनुसार बुट्टा कोर्ने काम गर्दै आएको उहाँको भनाइ छ । एक दिनमा एक जनाले १ देखि पाँच वटासम्म सिलौटो र एक देखि दुई जोडी जाँतो बनाउँदै आउनुभएको जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...