रुपन्देहीमा छोराले गरे आमाको हत्या

Published on

काठमाडौँ । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटक पटक पक्राउ गर्दै छोडदै आएको थियो ।

स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरू सुरक्षित नरहेको महसुस बेलाबेलामा गर्दै आएको सुनाएका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरी स्थानीयसँग घटनाको विषयमा सोधपुछ गरेको थियो । स्थानीय बासिन्दाले सरोज मानसिक रोगीसमेत रहेको र धेरै पहिलेदेखि दुर्व्यसनमा संलग्न रहेको बताएका छन् । प्रहरीले घटनामा संलग्न सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । अर्को छोरा भने भारतमा रहेको बताइएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...