बजारमा म्याद नाघेका सामान

Published on

काठमाडौँ । खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद नाघेका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद नाघेको भेटिएको हो । पेप्सी, ड्यु, कोकोकोला, मिरिन्डा, फ्यान्टा, स्प्राइट, सेभेनअप लगायतका पेय पदार्थहरु धेरै म्याद नाघेको भेटिएको छ । हलेसी तुवाचुङ नगरपालिका –७ हलेसी बजारमा सञ्चालित खाद्यान्न सामग्री बिक्रेता पसल, होटल साथै अन्य पसलमा अनुगमन गर्दा करिब डेढ लाख बराबरको अखाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय हलेसीलगायतको उपस्थितिमा बजार अनुगमनको क्रममा भेटिएका म्याद नाघेको तथा अखाद्य वस्तुहरु जफत गरेर नष्ट गरेको बताइएको छ । अनुगमनको क्रममा १ लाख ४४ हजार ८७१ रुपियाँ बराबरको म्याद नाघेको सामग्री भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताउनुभयो । उक्त सामान जफत गरेर जलाएर नष्ट गरिएको उहाँको भनाइ छ ।

पेय पदार्थसँगै चोखोपाइ, बिस्कुट, भुजा, चामल, सस, आँटा, सोयाबिन, चिकेन मसला, पापड, मटर दाना, हर्लिक्स, स्याम्पु, फ्रुटी, चकलेट, चियापत्ती, चिजबल, पानीपुरी, चिप्स, तेल, मसलालगायतका वस्तुहरु म्याद नाघेको भेटिएको खत्रीले बताउनुभयो । बजार अनुगमनमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राई, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्री, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईलगायतको उपस्थिति थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...