रेडक्रस इलामको सभापतिमा गौतम

Published on

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी इलामको सम्पन्न अधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो । अधिवेशनबाट उपसभापतिमा रतनकुमार चौधरी र हरिकला गौतम, मन्त्रीमा रवीन्द्र श्रेष्ठ, उपमन्त्रीमा हरिनाथ फुयाँल, कोषाध्यक्ष ईश्वरकुमार सुवेदी र उपकोषाध्यक्षमा विजयशेखर भट्टराईलाई निर्वाचित हुनुुभएको छ । अधिवेशनबाट १६ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । निर्वाचित सदस्यमा वेदमाया मुखिया ९सोनु०, उर्मिला निरौला, उर्वशी गौतम, चन्द्र केसी, गणेश खतिवडा, राजीव न्यौपाने, बलराम रिसाल, निधिप्रसाद पोखरेल, सुरेन्द्र साम्बा, हेमकुमार सुवेदी रहनुु भएको छ ।

२०२८ मा तदर्थ समिति गठन भएको इलाम रेडक्रसमा अहिले ६३ जुनियर–युवा सर्कल र १८ उपशाखा छन् । अधिवेशन तथा साधारणसभाका अवसरमा जिल्लाका उत्कृष्ट उपशाखा र रक्तसञ्चारमा योगदान गर्ने आफ्ना इकाइलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा १८ उपशाखामध्ये वर्षभरिमा जिल्लाको सर्वोत्कृष्ट उपशाखाका रूपमा दानाबारी उपशाखा पुरस्कृत भएको छ । आदिपुर उपशाखा दोस्रो र चुलाचुली उपशाखा तेस्रो भएका छन् । गोर्खे उपशाखाले सान्त्वना पुरस्कार पाएको छ । यस्तै, रक्तदानमा योगदान गर्ने चुलाचुली, दानाबारी, फिक्कल, बालागुरु, हासपोखरी, कन्याम र आदिपुर शाखा पुरस्कृत भएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...