देश र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एमाले मिलेर सरकार बनायौँ : प्रधानमन्त्री ओली

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर सरकार बनाएको बताउनुभएको छ । नेकपा एमाले दाङले जिल्ला विकास समन्वय समितिको सहिद मञ्चमा सोमबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले देशको विकासलाई स्थायित्व र लोकतन्त्रको रक्षाका लागि देशको मुख्य दुई शक्तिसहित साना दलहरू मिलेर सरकार बनाएको स्पष्ट पार्नुभयो । उहाँले यो सरकार कसेलै भन्दैमा नढल्ने ठोकुवा समेत गर्नुभयो ।

‘‘यो सरकार २०८४ सम्म रहन्छ । कसैले भन्दैमा ढल्दैन, हामीसँग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म कांग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’’ उहाँले दुई दलहरूको उच्च समदारी अनुसार अहिले आफुले सरकारको नेतृत्व गरिरहेको बताउनुभयो । ‘‘आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्धतर्फ गएको प्रधानमन्त्री ओलीले दाबी थियो । देशलाई बदल्ने शक्ती एमाले बाहेक कसैमा नभएको भन्दै दाङ को समग्र विकासका लागि आफू गम्भिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एमालेको गन्तव्य सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो, ओलीले भन्नुभयो, हरेक नेपालीलाई सुखी बनाउने एमालेको गत्तव्य हो ।’’

अहिलेको सरकार सुन्दर नेपाल, सुखी नेपाली बनाउनका लागि दृढता र संकल्पसहित लागि परेको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको समग्र विकास, उन्नतिसँगै दाङको विकासालई विशेष ध्यानमा राखिएको बताउनुभयो ।’’ अहिले मदनभण्डारी राजमार्ग योजना अनुसार दाङको घोराही तुलसीपुर सडकको चार लेन्डलाई अगाडि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । त्यस्तै दाङ उपत्याका र देउखुरी उपत्यकालाई जोडन्का लागि सुरुङ मार्ग बनाउने आफ्नो दीर्घकालिन योजना रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा त्यसतर्फ ध्यान दिएर बजेट विनियोजन गर्ने समेत बताउनुभयो । त्यस्तै उहाँले दाङको कृर्षियोग्य जमिनमा सिँचाइ विशेष ध्यान दिने बताउनुभयो । हिजोका दिनमा दाङ विकासले पछाडि परे पनि अब दाङले विकासकोे गति लिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...