‘असहमत हुने मन्त्रीले राजीनामा दिए हुन्छ’

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्नेले मन्त्री पदबाट राजीनामा दिँदा हुन्छ भनी अभिव्यक्ति दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सोमबार आयोजित आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो । मुख्यमन्त्री शाहले स्पष्ट रूपमा भन्नुभयो, “मसँग असहज मान्ने मन्त्रीले राजीनामा दिएर जाँदा हुन्छ र कर्मचारीले पनि सरुवा लिएर जान सुझाव छ ।”

विभिन्न किसिमका तर्क दिएर बजेट कार्यान्वयन ढिला गराउने र अल्झाउने काम कसैले नगर्दिनुहोला भन्दै उहाँले कुनै मन्त्री र राज्यमन्त्रीलाई काम गर्न असहज छ भने राजीनामा दिए हुन्छ, कर्मचारीलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र जनतालाई सेवासुविधा दिने कुरामा कोही कसैसँग सम्झौता नहुने बताउनुभयो । मुख्यमन्त्री शाहले बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नु पर्छ, त्यसो गर्न सके जनताका काम सहज रूपमा हुने बताउनुभयो । उहाँले जनतालाई सेवासुविधा दिने क्रममा कुनै समस्या आए आफूले समाधान गर्ने र त्यसका लाग जेल जानु परे जान पनि तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले बजेटमा बजेटलाई जनतामुखी र उत्पादनमुखी बनाउन सकिन्छ त्यसका लागि स्पष्ट खाका लिएर आउन निर्देशन दिनुभयो । सही ढङ्गले काम गरे अहिलेकै कर्मचारीले धेरै हुने बताउँदै उहाँले कर्मचारी अभावका कारण कार्यसम्पादन कम भएको भन्ने कुरा गलत रहेको बताउनुभयो । उहाँले सो अवसरमा चालु वर्षका आयोजना पनि के कसरी अगाडि बढ्दै छन्, तालिकासहित मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो । गत वर्ष साढे ३६ अर्बको बजेट साढे २९ अर्बमा ल्याउने हिम्मत पनि आफैँले गरेको दाबी पनि उहाँले गर्नुभयो । सो कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सबै मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...