थ्रेसहोल्डको सीमा बढाउन खोज्नु गलत छ : नेता श्रेष्ठ

Published on

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुईदलीय व्यवस्था ल्याउनेगरी ठुला दलले बढाउन खोजेको थ्रेसहोल्डका सीमा गलत भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्यस्तो बताउँदै संविधान संशोधनका लागि पनि सबै दलसँग परामर्श गरेर मात्र गर्न उहाँले दुई दलका नेतासँग आग्रह गर्नुभयो । वर्तमान सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्नमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

सबै जाति, वर्ग र क्षेत्रको पक्षमा, थप जनमुखी साथै निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, पूर्ण समानुपातिक निर्वाचण प्रणाली हुनेगरी संविधान संशोधन गर्न माओवादी तयार रहेको उहाँले बताउनुभयो । उहाँले ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार योजनाका विषयमा गोली चल्नु दुःखद भएको टिप्पणी गर्नुभयो । स्थानीय समुदायको भावना र मागलाई सम्बोधन गरेर मात्र केबुलकार बनाउनुपर्ने उहाँको सुझाव छ । वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उहाँले जोड दिनुभयो । नेता श्रेष्ठ बुधबार हुने माओवादी केन्द्र मैवाखोला गाउँपालिका कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्न ताप्लेजुङ आउनुभएको हो ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...