पोखरामा जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुँदै

Published on

काठमाडौँ । कास्की जिल्ला जुडो सङ्घको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो । पोखरा रङ्गशाला स्थित मल्टिपल कभर्ड हलमा सो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समूहअन्तर्गत महिला र पुरुष गरी एक सय पाँच जना खेलाडीहरु सहभागि हुने भएको छ ।

विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको सङ्घका सचिव ज्योति हमालले जानकारी दिनुभयो । यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी नौ तौल समूहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । त्यस्तै, सचिव हमालका अनुसार महिलातर्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ केजी गरी सात तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । यस्तै, यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको सङ्घका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...