वडाध्यक्षको निधनमा फाल्गुनन्द गाउँपालिकामा सार्वजनिक बिदा

Published on

काठमाडौँ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोही गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा आज शोक मनाउन सार्वजनिक बिदा दिएको हो । क्यान्सर रोगले पीडित नेम्वाङको बुधबार बिहान ४६ वर्षको उमेरमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले शोेक विज्ञप्ति प्रकाशन गर्दै गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थासँगै बैंक र वित्तीय संस्थाहरुमा शोक बिदा दिने जानकारी सार्वजनिक गर्नु भएको हो । आङदेम्बेद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेम्वाङ एक होनहार जनप्रतिनिधि, सामाजिक अभियन्ता र खेलाडी रहेको उल्लेख छ । उहाँले पुर्‍याएको योगदानलाई गाउँपालिकाले सदैव स्मरण गर्ने विज्ञप्तिमा उल्लेख छ । नेम्वाङ २०७४ र २०७९ गरी दुई पटक फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहनुभएका नेम्वाङ भलिबल खेलबाट कोशी प्रदेश भरी चिनिनुभएको थियो ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...