‘खेललाई विकाससँग जोड्नुपर्छ’

Published on

काठमाडौँ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले खेललाई विकाससँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । गुल्मीको मदाने गाउँपालिकको आयोजनामा भएको तेस्रो अध्यक्ष कपको उद्घाटन गर्नुहुँदै उहाँले खेलको माध्यमबाट खेलाडीलाई सबल र सक्षम बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको हो । समन्वय प्रमुख खत्रीले हरेक खेललाई विकाससँग जोड्न सकिएमा खेलाडीलाई सबल र सक्षम बनाउन सकिने बताउनुभयो । उहाँले अध्यक्ष कप भलिबल प्रतियोगितामा खेलका नियम पूर्णरुपमा पालना गरी अनुशासित भएर प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । स्थानीय तहभित्रका भलिबल खेलाडीहरुका बिच प्रतिस्पर्धासँगै आपसमा परिचय पनि हुने त्यसबाट खेलाडीहरुका असल अभ्यास सिक्ने र सिकाउन पनि सहज हुने बताउनुभयो ।

मदाने गाउँपालिकाले अध्यक्ष कपअन्तर्गत स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता र वडास्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हुँदा उहाँले महिला खेलाडी उत्पादनमा पनि गाउँपालिकाले देखाएको अग्रसरताप्रति निकै प्रशंसा गर्नुभयो। खेलाडी उत्पादन र खेल क्षेत्रको उपल्लो तहसम्म खेलाडीलाई पुर्‍याउन प्रतियोगिताबाट निकै सहयोग पुग्ने उहाँको भनाइ छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गरी खेलका माध्यमबाट गाउँपालिकालाई चिनाउन विगतदेखि नै अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो । गाउँपालिकासँगै सबैलाई खेलकुदको माध्यमबाट चिनाउन जरुरी रहेको भन्दै उहाँले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण सबै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपियाँ, दोस्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो । वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेलाई २२ हजार २२२ रुपियाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता भनभनेस्थित कुडापानी खेलमैदानमा सञ्चालन भएको तेस्रो अध्यक्ष कपअन्तर्गतको भलिबल प्रतियोगिता फागुन ९ गतेसम्म हुनेछ । स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा आठ टिम र वडास्तरीय महिला भलिबल प्रतियोगितामा मदाने गाउँपालिकाभित्रका सातवटै वडाको सहभागिता छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...