निवृत्तिभरण अध्यादेश खारेजीको माग गर्दै शिक्षक आन्दोलित

Published on

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ दाङले निवृत्तिभरण अध्यादेशलाई खारेजी गर्नुपर्ने र निवृत्तभरण सुविधा निरन्तर हुनुपर्नेसहित विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबार घोराहीमा भेला भएर बजार परिक्रमा गर्दै शिक्षा विकास तथा समन्वय एकाइ दाङका प्रमुखलाई ३४ बुँदे ज्ञापन पत्र बुझाएको महासङ्घका अध्यक्ष युवराज बस्नेतलाई जानकारी दिनुभयो । उहाँले दाङसहित देशभरका शिक्षक महासंङ्ले आन्दोलनमा उत्रिएका जानकारी दिनुभयो । “हामीले विद्यालयको सम्पत्तिको संरक्षणदेखि शैक्षिक प्रशासनमा शिक्षकहरुको सहभागिता सुनिश्चितको माग गरिरहेका छौं”, उहाँले भन्नुभयो, “शिक्षक अस्पतालसँगै शिक्षकहरुलाई ज्येष्ठताको आधारमा बढुवा हुनुपर्नेसहित ३४ बुँदे माग गरेका छौं ।” यस्तै उहाँले प्राथमिक तहमा कक्षागत र मथिल्लो तहमा विषयगत दरबन्दीको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले यो आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...