वर्तमान सरकारलाई असफल हुने छुट छैन : नेता कोइराला

Published on

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आइतबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउँदै कांग्रेस र एमालेको दुईतिहाइको सरकारलाई असफल हुने छुट नरहेको जनाउनुभयो । उहाँले थप्नुभयो, “हामीले यो सरकारलाई सफल बनाएरै छाड्नुपर्ने आवश्यकता छ, यो सरकार बन्दाखेरी उहाँहरुले केही सम्झौता गर्नुभएको थियो, दुवै दलका शीर्ष नेताहरुले केही सम्झौता गर्नुभएको थियो, संविधान सुधारका कुरा, आर्थिक अवस्थालाई सुधार गर्ने कुरा, सुशासन कायम गर्ने यो तीनवटा कुरा हामीले गर्नैपर्नेछ ।’

काँग्रेस र एमालेको सरकार औचित्यहीन सावित हुन कुनै पनि हालतमा नदिने नेता कोइरालाले बताउनुभयो । नेपाली कांग्रेसका सबै नेता कार्यकर्ताले यो सरकारलाई सफल बनाउनैपर्ने उहाँको भनाइ छ। जसरी कांग्रेस कार्यकर्ताले सरकारले छिटो काम गर्ला भनेर सोचेका थिए, त्यसरी हुन नसके पनि सरकारलाई जनताको काम तीव्र रुपमा गर्न सहयोग गर्नुपर्ने नेता कोइरालाले बताउनुभयो । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यकर्ता भेटघाटमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत गर्नुभएको थियो, कार्यक्रम सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । नेता कोइरालाले आइतबार नेपाली कांग्रेस राप्ती सोनारीको सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...