‘दलित डेस्क’ स्थापना गर्न गृहद्वारा पत्राचार

Published on

काठमाडौँ । गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरुको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्र्पक व्यक्ति तोक्न पत्राचार गरेको छ । गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी कामकारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

“ दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानून कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्‍याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न भनेका छौँ ।” केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालय पुग्नुभएका संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधीकारीसितको भेटमा मन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने बताउनुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...