केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

Published on

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको हो। प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लव, नेपाल र ब्लाक बोल्ट क्लव, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गर्नुभएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उहाँलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो। कलाकार बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...