केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा

Published on

काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो । आर्मीको जितमा नवयुग श्रेष्ठले १९औँ र दिनेश हेन्जनले ८२औँ मिनेटमा गोल गर्नुभयो । सेमिफाइनलमा आर्मीले सङ्कटा र अर्को विभागीय टोली नेपाल एपिएफ क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सोमबारनै अर्को खेलमा आयोजक केपी ओली एफसी र एनआरटी क्लबबिच प्रतिस्पर्धा हुनेछ । फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...